काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा दुई हजार ७०० र चाँदी १७० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५१० कायम भएको छ ।
हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३४० मा कारोबार भएको थियो ।
गत बुधबार एक तोला छापावाल सुुनरु दुई लाख ८७ हजार १०० र चाँदी रु चार हजार ५०० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १२० र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया