शेयर बजारमा ३ अर्ब ६३ करोडको कारोबार


काठमाडौँ । बुधबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से ०.०८ अंकले बढेको छ । मंगलबार नेप्से ६.३१ अंकले घटेको थियो । आज ३५२ वटा कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ३ अर्ब ६३ करोडमा कारोबार भएको छ ।

आज दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सोपान फर्मास्कूटिकल्स र अपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीले २१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो । कारोबारमा आएका स्टक्समध्ये १२६ वटाको मूल्य बढ्दा १३१ वटाको घट्यो।