काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा पाँच हजारले बढेको छ । आइतबार प्रतितोला दुई लाख ९३ हजार २०० मा कारोबार भएको छापावाल सुन सोमबारका लागि भने दुई लाख ९८ हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला चार हजार ८९५ मा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि भने पाँच हजार १५ निर्धारण भएको छ ।
शुक्रबार चाँदी प्रतितोला चार हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३२९ दशमलव ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया