१३ अंकले घट्यो नेप्से


काठमाडौँ । बिहीबार सेयर बजार नेप्से उच्च अंकले घटेको छ । बिहीबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा झरेको हो । बुधबार नेप्से २.६६ अंकले बढेको थियो । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

आज ३५३ वटा कम्पनीको १ करोड ६ लाख १७ हजार ४८३ कित्ता सेयर ४ अर्ब ७० करोड ३३ लाखमा कारोबार भएको छ । कारोबारमा आएकामध्ये ६३ वटा कम्पनीको मूल्य बढ्दा १९८ वटाको घट्यो भने ८ वटाको स्थिर रहेको छ । कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा न्यादी हाइड्रोपावरको सेयर ९.१६ प्रतिशतले बढ्यो।

३४ करोडको सेयर कारोबार गरी एभरेष्ट बैंक शीर्ष स्थानमा रह्यो । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीले ३२ करोडको सेयर कारोबार गर्दा सेन्ट्रल फाइनान्सले १८ करोड,नेपाल रिइन्स्योरेन्सले १७ करोड र सप्तकोशी डेभलपमेन्ट बैंकले १४ करोड मूल्य बराबरको कारोबार गरे ।