काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको सीमा बढाएको छ । शुक्रबार संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्याइएको घोषणा गरेका हुन् ।
यसअघि यस्तो सीमा ५ लाखसम्म थियो। यसका साथै ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क पनि खारेज गरिएको छ । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर दक्षिण एशियाकै सबैभन्दा धेरै भयो भनेर चर्चा हुँदै आएको थियो ।

प्रतिक्रिया