काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । मङ्गलबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया