शेयर बजारमा ५ अर्ब ४३ करोडको कारोबार


काठमाडौँ । सोमबार शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेको हो ।

आज ३४९ वटा कम्पनीको १ करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर ५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएकामध्ये ६५ वटा कम्पनीको मूल्य बढ्दा १९७ वटाको घटेको छ । ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो ।

आज चारवटा कम्पनीको शेयर १५ प्रतिशतले बढ्यो। सूर्यकूण्ड हाइड्रो इलेक्ट्रिक, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा होटल फोरेस्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीले ३६ करोड मूल्य बराबरको शेयर कारोबार गरेको छ ।

सोलु हाइड्रोपावरले २९ करोडको शेयर कारोबार गर्दा नेशनल हाइड्रो पावरले २८ करोड आँखु खोला जलविद्युतले २३ करोड र रिलायन्स स्पिनिङ मिल्सले १९ करोड मूल्य बराबरको सेयर कारोबार गरे ।