६ हजारले बढ्यो तोलामा सुन


काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीकोे मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार र चाँदी ३२० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० रुपैयाँ कायम भएको छ ।

गत सोमबार एक तोला सुन रु दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार रु दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९७५ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।