शेयर बजार ४५ अंकले बढ्दा ८ अर्ब ३१ करोडको कारोबार


काठमाडौँ । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । बुधबार नेप्से ४५.१२ अंकले बढेको छ । मंगलबार नेप्से २.६१ अंकले घटेको थियो ।

आज ३४६ वटा कम्पनीको १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ८ अर्ब ३१ करोड ८९ लाख रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा आएकामध्ये २५१ वटाको मूल्य बढ्दा १५ वटाको घटेको छ । बैंकिङ १.१५, विकास बैंक १.९८, फाइनान्स १.४५, होटल तथा पर्यटन २.५६, हाइड्रोपावर २.६१, लगानी १.३५, जीवन बीमा १.३१, माइक्रोफाइनान्स १.२८, निर्जीवन बीमा १.०१, अन्य ०.१५ तथा व्यापार ०.६१ प्रतिशत बढे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेसनल हाइड्रोपावर छन् ।