काठमाडौँ । आइतबार १०५ अङ्कले घटेको शेयर बजार नेप्से साताको दोस्रो दिन सोमबार भने उच्च अंकले बढेको छ । सोमबार नेप्से ८३ दशमलव ३३ अङ्कले बढेको हो । आज सबै समूहको सूचक बढेकोमा फाइनान्स र जलविद्युत् समूहको सूचक ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यस्तै बैंक, विकास बैंक, होटल तथा पर्यटन, लगानी समूहको उपसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ । आज २६४ वटा कम्पनीको शेयर बढेकोमा ३ वटाको घटेको छ ।
यस्तै सृजनशील लघुवित्तको शेयर भने घटबढ भएको छैन । आज ३४५ वटा कम्पनीका २ करोड ५१ लाख कित्ता शेयर १० अर्ब ९२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया