काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य तोलामा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया