शेयर बजार १०५ अंकले घट्दा १२ अर्बको कारोबार


काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से १०५.५० अंकले घटेको हो । आज ३४५ वटा कम्पनीको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता सेयर १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० रुपैयाँमा किनबेच भएको छ ।

नेप्से उच्च अंकले घटेपनि ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स,भुजुङ्ग हाइड्रोपावर,रिलायन्स लाइन इनर्जी,होटल फोरेस्ट इन,सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । त्यस्तै सातवटा कम्पनीको शेयरमा भने नकारात्मक सर्किट ब्रेक लाग्यो।