काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्यमा तोलामा ६ हजार ५ सय रुपैयाले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
आइतबार सुनको मूल्य २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया