नेप्सेमा ५४ अंकको वृद्धि


काठमाडौँ । साताको पहिलो दिन शेयर बजार नेप्से उच्च अंकले बढेको छ । आइतबार नेप्से ५४.५१ अंकले बढ्दै २ हजार ९३१.५५ अंकमा पुगेको हो । त्यस्तै आज कारोबार रकम पनि बढेको छ ।

आज शेयर बजारमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ । गत बिहीबार २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आज रिलायन्स स्पिनिङ मिल्ससहित छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १८३ कम्पनीको शेयर मूल्य बढ्दा ७३ कम्पनीको मूल्य घटेको छ । व्यापार समूह ०.११ प्रतिशतले घट्यो भने माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढ्यो । बैंकिङ २.४९, विकास बैंक २.४६, फाइनान्स २.१३, होटल तथा पर्यटन ३.०५ प्रतिशतले बढे ।