२६ अंकले घट्यो नेप्से


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । सोमबार नेप्से २६.०७ अंकले घटेर २७९३.८३ विन्दुमा झरेको हो । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

आज ३४५ वटा कन्पनीको ३ करोड ७ लाख ९० हजार २११ कित्ता शेयर ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँमा किनबेच भएको छ । आज नेप्से दोहोरो अंकले घटेपनि चार वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

सलपा विकास बैंक,रिलायन्स स्पिनिङ मिल्स,अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको शेयर १० प्रतिशतले बढ्दा होटल फोरेस्टको सेयर ९.९३ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीले ६८ करोड मूल्य बराबरको शेयर कारोबार गरे । कारोबारमा आएकामध्ये ४८ वटा स्टक्सको मूल्य बढ्दा २११ वटाको घटेको छ ।