काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । बिहीबार नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, निर्जिवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको हो ।
सबैभन्दा धेरै बैंकिङ समूह २ प्रतिशतले बढेको छ । साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो भने अरू तीनवटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ । आज ३ सय ३५ वटा कम्पनीको ४ करोड १६ लाख कित्ता शेयर १४ अर्ब ५५ करोड रुपैयामा किनबेच भएको छ ।

प्रतिक्रिया