दुई हजारले बढ्यो तोलामा सुन


काठमाडौँ । मङ्गलबारको तुलनामा नेपाली बजारमा बुधबार सुनकोे मूल्य दुई हजारले बढेको छ भने चाँदी मोल स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रुपाँच हजार ७२० रुपैयाँ निर्धारण भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो । सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० रुपैयाँ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।