काठमाडौं । साताको तेस्रो दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा पुगेको हो । सोमबार तीनपटक सकारात्मक सर्किट लागेपछि दिनभरका लागि कारोबार नै बन्द भएको थियो ।
आज नेप्से ओरालो लागेपनि शेयर कारोबार भने उच्च भएको छ । आज ३२९ कम्पनीको ५ करोड २७ करोड ११ लाख ३५३ कित्ता सेयर २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ७८ वटा कम्पनीको मूल्य बढ्दा १७८ वटाको घटेको छ ।

प्रतिक्रिया