काठमाडौँ । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से २६ दशमलव ०५ अङ्कले घटेर २ हजार ६ सय ७२ दशमलव ३९ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर सबैभन्दा धेरै २ दशमलव २९ प्रतिशतले ओरालो लागेको छ । आज २ सय १२ वटा कम्पनीको शेयर घटेकोमा ४२ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३ सय २४ वटा कम्पनीका २ करोड ६७ लाख कित्ता शेयर १० अर्ब ७७ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया