सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ


काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन सोमबार ४ हजार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ