कालोसूचीमा राख्न ९ वटा निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले शुक्रबार सूचना जारी गरी विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको हो ।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले विभिन्न प्रक्रिया पूरा गरेर कालो सूचीमा राख्दै आएको छ । सात दिनभित्र ती निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ।