काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामै ५२ सय रुपैयाँले बढेको हो । मूल्य बढेसँगै सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया