काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेसँगै सुन तोलाको दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, चाँदीको मूल्य भने तोलामा २१० रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य चार हजार ९९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया