चेकमार्फत अब पाँच लाख मात्र नगद निकाल्न पाइने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ लाख रुपैयाँभन्दा बढीो चेक साटेर नगद झिक्न नपाइने व्यवस्था गरेको छ । बैंकले ५ लाखभन्दा माथिको चेक जारी गर्दा एकाउन्ट पेयी अनिवार्य गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंकले यसभन्दा अघिको १० लाखसम्मको नगद कारोबार घटाइ ५ लाखमा झारेको हो । सरकारले सम्पत्ति शुद्धीकरण न्यूनीकरण गर्न नगद कारोबारलाई १० लाखबाट ५ लाखमा घटाएको थियो ।