नेप्सेमा ७ अर्ब भन्दाबढीको कारोबार


काठमाडौँ । शेयर बजार नेप्सेमा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । मंगलबार नेप्से थप ९.९३ अंकले बढ्दै नेप्से सूचक २ हजार ६४९.३० अंकमा उक्लिएको हो ।

आज एक करोड ४८ लाख ३१ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । आज होटल तथा पर्यटन समूह र म्यानु एण्ड प्रो समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.८७ प्रतिशतले बढेको छ ।