५५ सयले बढ्यो सुन तोलामा


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलामा ५ हजार पाँच सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यो नै हालसम्मको उच्च मूल्य हो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।