डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ । सोमबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्यवृद्धि गरेको हो । त्यस्तै, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेलको भाउ घटेर र पेट्रोलको भाउ बढेर आएकाले सोही अनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

आईओसीबाट डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ९३ पैसा घटेर आएको थियो भने पेट्रोलमा १ रुपैयाँ ९४ पैसा बढेर आएको थियो।