काठमाडौं । जेनजी युनाइटेडले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ । जेनजी युनाइटेडका संयोजक जनक परियारले आइतबार अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाउँदै गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेका हुन् ।
उसले नेपाल राष्ट्र बैंक ऐनलाई लत्याउँदै तत्कालीन सरकारले पौडेललाई स्वार्थ समूहको डिजाइनमा गभर्नर नियुक्त गरेको दाबी गरेको छ ।
त्यस्तै जेनजी युनाइटेडले अर्थ मन्त्रालयमा विचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूको मनपरी नियन्त्रण गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले अनाधिकृतरुपमा लिएको ब्याज ऋणीलाई फिर्ता गर्नुपर्ने, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई जिम्मेवार बनाउनुपर्ने, वैदेशिक ऋणको दुरुपयोग रोक्नुपर्नेलगायतका माग गरेको छ ।



प्रतिक्रिया