सुन तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ


काठमाडौँ । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८२५ रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५६ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २९९र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।