सुनको मूल्य तोलाको दुई लाख ५३ हजार १००



काठमाडौँ । बुधबारको तुलनामा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल तीन हजार ८०५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको थियो भने एक तोला चाँदी  तीन हजार ७५० मा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।