वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड राजस्व उठाएको छ ।
कार्यालयले चालु आवको चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड राजस्व संकलन गरेको छ ।
इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट रु तीन अर्ब सात करोड राजस्व संकलन गरेको छ । चालु आवको चार महिनामा वीरगञ्जबाट रु दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्य बराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा रु ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया