काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य घटेको छ । मंगलबार नेप्से ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको छ । आज ३२४ कम्पनीको शेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।
आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, माबिलुङ इनर्जीं, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९.८५ प्रतिशतले घटेको छ ।
त्यस्तै स्टाण्डर्ड चार्टड बैंकको शेयर मूल्य पनि प्रतिकित्ता ३.८८ प्रतिशतले घटेको छ । आज युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, नाग्दी ग्रुप पावर लिमिटेड र ग्रिन भन्चर्स लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया