शेयर बजारमा उच्च अंकको गिरावट


काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.५१ अंकले घटेको हो ।

आज कुल ३४२ स्टकको ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज पाँचवटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपवार, ग्रिनभेन्चर लिमिटेड र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।