काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि २ लाख ५० हजार नाघेको छ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्दै २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढ्दै ३ हजार ३४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया