काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूलयमा केही थपघट भएको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार एक तोला सुनको मूल्य दुई लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २८० रुपैयाा कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदी तीन हजार २२० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया