काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मूल्य दुई लाख ४७ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार २०० रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य प्रति तोला दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ११५ रुपैयाँमा कारोबार भएको थियो । एक दिनपछि सुनमा पाँच हजार २०० रुपैयाँ र चाँदीमा ८५ रुपैयाँको वृद्धि भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदी ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया