निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण गर्ने बाटो खुल्यो


काठमाडौं । निकुञ्ज क्षेत्रभित्र लाइसेन्स लिएर वन मन्त्रालयले काम गर्न नदिएका जलविद्युत् प्रवद्र्धकहरुलाई अब आयोजना निर्माण गर्न बाटो खुलेको छ ।

निकुञ्जभित्र जलविद्युत् आयोजना निर्माणमा रोकतोक लगाउन नमिल्ने गरी सर्वाेच्च अदालतले यही मंसिर ३ गते यससम्बन्धी परेको रिटलाई खारेज गरिदिएको छ ।

लाङटाङ निकुञ्जभित्र बनिरहेको जलविद्युत् आयोजनाको निर्माण कार्यमा रोक लगाउन अन्तरिम आदेश मागसहित परेको रिटमा सर्वाेच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो ।

मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले लाङटाङ खोला (हाल ३० मेगावाट) जलविद्युत् आयोजना २०७३ सालदेखि निर्माण गर्दै आइरहेकोमा सुप्पा तामाङसमेतले २०७९ साल वैशाख २७ गते उक्त आयोजनाको निर्माण कार्य रोकी पाउँ भन्दै रिट दायर गरेका थिए ।