काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ । मंगलबार नेप्से ३ दशमलव २१ अङ्कले बढेर २ हजार ५ सय ६५ दशमलव १६ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय ४२ वटा कम्पनीको शेयर बढेकोमा १ सय २ वटाको घटेको छ ।
यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज साइन रेसुङ्गा डिबेन्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलेरी, बुङ्गल हाइड्रो कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन नेपाल एसबीआई बैंकको डिबेन्चर ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३ सय २७ वटा कम्पनीको ७९ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया