काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १२.१७ अंकले बढेको हो । नेप्से बढेपछि कारोबार रकम भने घटेको छ ।
मंगलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ४२ हजार ८७९ पटकको ट्रेडमार्फत ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।
नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।
उन्नती सहकार्य लघुवित्त र नेपाल फाइनान्सको मूल्य क्रमशः १० प्रतिशत र ९ प्रतिशतभन्दा बढी बढेको छ भने फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ७.४८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो, पछिल्लो स्थानमा हिमालयन डिष्टिलरी र राधी विद्युत कम्पनी क्रमशः साढे ३२ करोड र साढे ३१ करोड रुपैयाँको कारोबारसहित रहे।
१३ मध्ये ११ उपसमूहको परिसूचक वृद्धि हुँदा वित्त उपसमूह ३.४१ प्रतिशतको सर्वाधिक वृद्धि लिएर अगाडि रह्यो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा घटे ।

प्रतिक्रिया