समयमा काम नगर्ने १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमा काम नगर्ने १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ ।

कार्यालयले बुधबार सूचना जारी गरी विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखी पठाएअनुसार ती निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण माग गरेको हो । अबको सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए कालोसूचीमा राखिने सूचनामा उल्लेख छ ।