घट्यो नेप्से, कारोबार पनि कम


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । आइतबार ३०.७५ अंकले बढेको नेप्से सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको हो ।

आज ७२ कम्पनीको शेयर मूल्य मात्र बढेको बजारमा कुल ६ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३३३ स्टकमा ५४ हजार ८९२ पटकको कारोबारमार्फत १ करोड २१ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

आज सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन् । उपसमूह सूचकांकमा पनि मिश्रित प्रभाव देखिएको छ । १३ मध्ये ६ उपसमूहको सूचकांक बढेको छ भने ७ उपसमूह घटेका छन् ।