नेपालले सफलतापूर्वक सम्पन्न गरेको ईसीएफको छैटौं समीक्षा आईएमएफ बोर्ड बैठकबाट अनुमोदन


काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि विस्तारित ऋण सुविधा (ईसीएफ) स्वीकृत गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक संजालमार्फत नेपालले गरेको ईसीएफको छैटौं रिभ्युलाई आईएमएफ बोर्डले स्वीकृत गरेको जानकारी दिएका हुन् ।

अर्थमन्त्रीले भनेका छन्, ‘नेपालले सफलतापूर्वक सम्पन्न गरेको ईसीएफको छैटौं समीक्षा आईएमएफ बोर्ड बैठकबाट अनुमोदन भएको छ ।’ योसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत थप वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको छ।