काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चीनको ग्वाङझाउमा सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटमा उडान जानकारी दिएको हो ।
यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले समेत नियमित उडान गरिरहेको छ । काठमाडौं–चीन रुटमा हिमालय एयरलाइन्सले नियमित उडान गरिरहेको छ । नेपाल एयरलाइन्सको यो पहिलो नियमित उडान हुनेछ ।


प्रतिक्रिया