काठमाडौं । बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ६ दशमलव ५५ अङ्कले घटेर २ हजार ७ सय १९ दशमलव ७७ विन्दुमा झरेको छ । नेप्से हिजो १५ र अस्ति १९ अङ्कले घटेको थियो ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव ८३ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३ सय १७ वटा कम्पनीको १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया