काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । बुधबार नेप्से १५ दशमलव ६४ अङ्कले घटेर २ हजार ७ सय २६ दशमलव ३३ विन्दुमा झरेको छ ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय १३ वटा कम्पनीको शेयर घटेकोमा ३९ वटाको बढेको छ । आज लिबर्टी इनर्जी कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन हिम स्टार ऊर्जा कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३२६ वटा कम्पनीको १ करोड १३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया