काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ । आइतबार नेपाली बजारमा प्रतितोला दुई लाख तीन हजार ६०० रुपैयाँमा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा एक हजार सात सय बढेको हो । सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया