शेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से बढेको छ । सोमबर नेप्से २१ दशमलव ३० अङ्कले बढेर २ हजार ७ सय ६१ दशमलव २६ विन्दुमा पुगेको छ ।

आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको २ दशमलव ७९ र माइक्रोफाइनान्सको १ दशमलव ५० प्रतिशतले उकालो लागेको छ ।

आज नारायणी विकास बैंक र विकाश हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन राष्ट्रिय वाणिज्य बैंकको म्युचल फन्ड–१ को शेयर सबैभन्दा धेरै ३ दशमलव ८७ प्रतिशतले घटेको छ । आज ३ सय १७ वटा कम्पनीको १ करोड ८ लाख कित्ता शेयर ५ अर्ब ७५ करोड रुपैयाँमा किनबेच भएको छ ।