काठमाडौं । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन् ।
उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम प्रतिक्वीन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्नुपर्ने भन्दै आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा उखु उत्पादक संघ महोत्तरी जिल्लाका पूर्वअध्यक्ष उत्तम सिहं रानाले प्रत्येक वर्ष उखुमा ७० रुपैयाँ अनुदानमा पाएकामा अहिले सरकारले कटौती गरेको भन्दै प्रदर्शन गरेको बताएका छन् । उनले जुन रकममा उखु पाइएको थियो अविलम्ब रुपमा सरकारले भुक्तानी गर्नपर्ने माग गरे ।

प्रतिक्रिया