काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार नेप्से १८ दशमलव ०२ अङ्कले घटेर २ हजार ७ सय ३९ दशमलव ९५ विन्दुमा झरेको छ ।
आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंकको शेयर १ दशमलव ६९ र जलविद्युत् समूहको शेयर १ दशमलव १९ प्रतिशतले ओरालो लागेको छ ।
आज नारायणी विकास बैंकको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन विकास हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज ३ सय २३ वटा कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया