काठमाडौँ । नेपाली बजारमा सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार एक तोला सुनको मूल्य एक लाख ९५ हजार १०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सोमबार एक तोला सुन एक लाख ९६ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया